१७ असार २०८३/डिकेश लामा
भारतले चिया आयातमा लगाएको कडाइ केही खुकुलो बनाएपछि मेची भन्सार नाका भएर नेपाली चिया निर्या खुलेको छ । यसअघि शतप्रतिशत परीक्षणको व्यवस्थाका कारण रोकिएको चिया निकासी भारतको नयाँ निर्देशनपछि पुनः सुरु भएको हो । तर नयाँ निर्देशिकाअनुसार कागजात, गुणस्तर परीक्षण र क्लियरेन्स सटिफिकेटको प्रक्रिया भने अनिवार्य रहने भएको छ ।
भारतले चिया आयातमा गरेको कडाइका कारण केही समयदेखि अवरुद्ध बनेको नेपाली चिया निर्यात मेची भन्सार नाका हुँदै पुनः खुलेको छ । भारतको टी बोर्डले जारी गरेको नयाँ निर्देशनपछि चिया निकासीमा देखिएको अन्योल केही हटेको हो ।
चियाका सरोकारवाला सरकारी निकाय र उद्योगीहरुको संघको पहलमा गरिएको कुटनैतिक पहलले चिया निर्यात खुलेको मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले बताउनु भयो । पोखरेलका अनुसार १२ र १३ गते दुईवटा ट्रक भारततर्फ गएका छन् । अव भारतले नियमितरुपमा परिक्षण गरी निर्यातलाई सहज बनाउने संभवना बढेको छ । यस अघि जारी गरेका अप्ठ्यारा प्रावधानलाई पुनः खाद्य सुरक्षा प्राधिकरण भारत मार्फत नै हुने भए पछि सहज अवस्था आउने बताउनु भयो ।भारतको नयाँ निर्देशनअनुसार घरेलु उपभोगका लागि भारत जाने चियामा प्रारम्भिक रूपमा जोखिमका आधारमा २० प्रतिशत नमुना परीक्षण हुने व्यवस्था गरिएको छ । तर पुनः निर्यातका लागि भारतमा जाने चियामा भने टी बोर्डबाट क्लियरर्नस सर्टिफिकट अनिवार्य गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार आयातकर्ताले टी काउन्सिल पोर्टल मार्फत आयात विवरण, कन्टेनर संख्या, गोदाम विवरण, प्याकेजिङ डिजाइन, उत्पादन गरिएको देश लगायत पेश गर्नु पर्नेछ । साथै भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले संकलन गरेको नमुनाको परीक्षण प्रतिवेदन प्रयोगशालाले पाँच दिनभित्र अपलोड गर्नुपर्ने व्यवस्था गरेको राष्टिय चिया तथा कफी विकास बार्ड क्षेत्रीय कार्यालय झापाका सूचना अधिकारी इन्द्र प्रसाद अधिकारीले बताउनु भयो ।

नेपालको चिया निर्यातको मुख्य नाका मेची भन्सार हो । झापा र इलाममा उत्पादन भएको सीटीसी तथा अर्थोडक्स चिया यही नाका हुँदै भारत र तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । यस अघि निर्यात रोकिँदा हरियो पत्तीको मुल्य समेत घटेको किसानले बताएका छन् ।

चिया उद्योगीहरूका अनुसार निर्यात खुल्दा तत्कालका लागि उद्योग सञ्चालनमा राहत पुगेको छ । तर भारतीय पक्षबाट परीक्षण र क्लियरेन्सको व्यवस्था कायम रहेकाले प्रक्रिया ढिलो भए फेरि समस्या दोहोरिन सक्ने उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *