स्वास्थ्य मापदण्डकाे पालना र परिक्षणले काेराेना राेकथामा धेरै सहयाेग पुग्छः डा कँडेल

कोरोनाबाट बच्न ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श

२६ वैशाख २०७८, झापा– दाेस्राे भेरियन्टकाे काेराेना चाँडाे फैलने प्रकृतिकाे भएकाले स्वास्थ्य मापदण्ड र परिक्षण नै यसकाे न्यूनिकरणकाे पहिलाे उपाय भएकाे डा. गाेविन्द कँडेलले बताउनु भयाे । नेपाल पत्रकार महासंघ झापा शाखाले आज ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल अन्तर संवादमा बाेल्दै भरतपुर अस्पताल चितवनका वरिष्ठ कन्सलटेन्ट जनरल फिजिसियन शुरूवात देखि नै काेराेना संक्रमितकाे उपचारमा खटिँदै आउनु भएका डा. कँडेलले संक्रमित पत्रकारले आइसोलेसनमा बस्दा गर्नुपर्ने कार्य तथा अन्य पत्रकारले रिपोर्टिङमा जाँदा, घर आउँदा र अन्य समयमा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा परामर्श दिनु भएकाे छ । कार्याक्रममा बाेल्दै डा. कँडेलले ‘अर्को रोग हो भन्ने पत्ता नलागेसम्म हरेक रुघाखोकी, ज्वरो, शरीरको दुखाई कोभिड हो’ । ‘यस्तो लक्षण देखिएमा तत्काल पीसीआर परीक्षण गर्नुहोस्, त्यसबाट कोभिड हो–होइन थहा भएपछि आफू, आफ्नो परिवार र समाजलाई बचाउन सकिन्छ ।’ कोरोनाको दोस्रो भेरियन्ट बढी संक्रामक भएको भन्दै डाक्टर कँडेलले घर बाहिर निस्कदा कोही साथीभाइ भेट भई हाले संगै बसेर चिया नास्ता नखान सुझाव दिनु भएकाे छ ।

पहिलो पीसीआर गरेको १४ दिन पछि पनि रिपोर्ट पोजेटिभ आए डराउनु नपर्ने, सामान्य दैनिकीमा फर्कन सकिने उहाँले बताउनु भयाे । १४ दिन बितेपछि पीसीआर गर्न नपर्ने, त्यो व्यक्तिले संक्रमण सार्न नसक्ने डा. कडेलको भनाइ छ । तर कोरोना खोप लगाएको व्यक्ति आफू सुरक्षित भए पनि उसले अरुलाई भाइरस सार्ने संभावना चाहि हुने भएकाले व्यक्ति व्यक्ति वीचको भौतिक दुरी महत्वपूर्ण हुने उनले बताउनु भयाे । कार्यक्रमका प्रमुख अतिथि महासंघ १ नं. प्रदेशका घिमिरेले महामारीको समयमा महासंघको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै झापा शाखाले गरेको कामको सह्राहना गर्नु भयाे। अन्तरसंवादमा हाल होम आइसोलेसनमा रहेका पत्रकारहरु भीमा शिवाकोटी, पुष्प बराल, राजु अधिकारी, वीरबहादुर दर्नाल, गौरव पोखरेलले आफ्ना भोगाइ, परेको समस्यासहित जिज्ञासा राखेका छन् । त्यस्तै पत्रकारहरु राजेन्द्र गौतम, अनिल वाग्ले, आत्माराम राजवंशी, जीआर धिताल, धर्मेन्द्र मामा, लक्ष्मी उप्रेती,उमानाथ भण्डारी तथा पुनम प्रधान, कमल न्यौपाने, सुमन सिंह पौडेल लगायतले पनि जिज्ञासा राखेका छन्।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरेको प्रमुख आतिथ्य रहेको अन्तरसंवादमा विशेषज्ञ चिकित्सक गोविन्द कँडेलले परामर्शका साथै पत्रकारको जिज्ञासाको जवाफ दिनु भएकाे छ । उपाध्यक्ष केशव भट्टराईले स्वागत र अर्का उपाध्यक्ष सुशीला संग्रौलाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गर्नु भएकाे छ ।

कार्यक्रममा महासंघ १ नं. प्रदेशकी उपाध्यक्ष हिमा चेम्जोङ, महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम, खोटाङका अध्यक्ष दिलीप दाहाल, युएई शाखाका सहसचिव रामप्रसाद ढुंगेल, महासंघ प्रदेश समिति सदस्य लीलाराज झापाली, फोनिज १ नं. प्रदेशका इञ्चार्ज दिपीन राई, प्रेस मञ्च नेपालका केन्द्रीय सचिव कमन देवान, फोनिज झापाका पूर्व अध्यक्ष गणेशमान मुखिया, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, संघीय पत्रकार मञ्च नेपालका अध्यक्ष दिलकुमार लावती, नारी सञ्चारगृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, शिक्षा पत्रकार समूह प्रदेश नं. १की संयोजक राधा खनालसहित इलाम, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा लगायतका जिल्लाबाट समेत गरी कोरोना भाइरसबाट संक्रमित भई हाल आइसोलेसनमा बसेका, यसअघि संक्रमित भई स्वास्थ्यलाभ गरेकासहित देश–विदेशबाट कार्यक्रममा ७१ जनाले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४ हजार २२ जना निकाे
Next post