नेपाल आज ९१२७ संक्रमित ४००७ निकाे

२७ वैशाख २०७८, काठमाडौं– दुई दिन कमी आएको नेपालमा कोरोना संक्रमण फेरि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षणमा नेपालमा ९ हजार १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ जना निको भएका छन् भने १ सय ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सेनाले शव व्यवस्थापन गरेकाे तथ्याङ्कले गर्दा मृतककाे संख्या बढेकाे हाे ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ र निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post
Next post नेपालमा आज ९४८३ संक्रमित,५२२५ निकाे ७९ काे मृत्यु