नेपालमा आज ६१३५ निकाे, ८४६७ संक्रमित थपिए

३१ वैशाख २०७८, काठमाडौँ – २४ घण्टामा देशभर २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । याे संख्या दाेस्राे लहर आएसँगै सवैभन्दा धेरै हाे । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । यस्तै यता ८ हजार ४ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् ।

यसैगरी कोरोना भाइरस संक्रमणबाट थप २ सय ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार नेपाली सेनाले विभिन्‍न मितिमा व्यवस्थापन गरेको शव सहित २ सय ३ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५०५५ निकाे, ८९६० संक्रमित
Next post नेपालमा आज ८०४६ संक्रमित ५४५५ निकाे