

५ जेष्ठ २०७८, काठमाडौं– नेपाल दाेस्राे लहरकाे काेराेना संक्रमण पछि आज सबैभन्दा धेरै ७ हजार ९ सय ८९ जना निकाे भएका छन् । यसैगरी गत २४ घण्टामा देशभर ८ हजार १ सय ७३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ८५४ क्वारेन्टाइनमा रहेका छन् । यसैगरी गएको २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको छ ।
काेराेना संक्रमणबाट जाेगिनु भनेकाे भाैतिक दुरी, माक्स, सेनिटाइजर र सरसफाइ नै मुख्य भएकाले केही समय घर बाहिर विना काम ननिस्कन हुन अनुराेध गर्दछाैं ।
–सारा सन्देश परिवार
