खुशीकाे संकेतः नेपालमा आज एकै दिन झण्डै ८ हजारले जिते काेराेना

५ जेष्ठ २०७८, काठमाडौं– नेपाल दाेस्राे लहरकाे काेराेना संक्रमण पछि आज सबैभन्दा धेरै ७ हजार ९ सय ८९ जना निकाे भएका छन् । यसैगरी गत २४ घण्टामा देशभर ८ हजार १ सय ७३ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ८५४ क्वारेन्टाइनमा रहेका छन् । यसैगरी गएको २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको छ ।

काेराेना संक्रमणबाट जाेगिनु भनेकाे भाैतिक दुरी, माक्स, सेनिटाइजर र सरसफाइ नै मुख्य भएकाले केही समय घर बाहिर विना काम ननिस्कन हुन अनुराेध गर्दछाैं ।

–सारा सन्देश परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बिक्री नभए पछि खोर्सानी उलेख्दै फाल्न थाले किसान (भिडियाे कथा सहित)
Next post नेपालमा आज ६५४३ निकाे, ८५०३ संक्रमित