
काठमाडौं– नेपालमा दुई दिन यता संक्रमण हुने भन्दा पनि निकाे हुने धेरै बढेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ हनार ८ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यसैबीच मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७०.६ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ११ हजार ६७० रहेको छ । यसैबीच विगत २४ घण्टामा मृत्यु हुनेकाे संख्या समेत कम भएकाे छ । २४ घण्टाभित्र ५ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।
