डेनमार्कले नेपाललाई १४ लाख अस्ट्रेजेनिका खाेप दिने

२३ जेष्ठ २०७८,काठमाडौं– डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ ।

डेनिस सरकारले युनिसेफमार्फत एस्ट्राजेनिका १४ लाख डोज खोप दिने पत्र पठाएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले जानकारी दिनुभयो ।

खोप कहिले पठाउने भन्ने यकिन नभएको तिंकरीको भनाइ छ । एस्ट्राजेनिका खोप कोभिशिल्ड लगाएकाहरुलाई पनि लगाउन मिल्ने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार २१ लाख १३ हजार ८० जनाले पहिलो डोज र ७ लाख १४ हजार १ सय ६३ जनाले दोस्रो डोज लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा निकाे हुनेकाे संख्या संक्रमित हुने भन्दा दाेब्बर हुँदै
Next post तेस्रो लहरको पूर्वतयारी शुरूः स्वास्थ्य मन्त्रीकाे सम्पति विवरण सार्वजनिक