
२४ जेष्ठ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना निको भएको मन्त्रालयले जनाएको छ । निको हुनेकाे संख्या बढ्न थाले पछि याे दर ८४ दशमलव २ प्रतिशत पुगेकाे छ ।
यसैगरी गत २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ४ हजार ४ सय ७२ संक्रमित थपिएका छन् । १७ हजार ९ सय ३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७९९० रहेको छ ।

