नेपालमा आज ५७६८ निकाे, ३४४९ संक्रमित

२६ जेष्ठ २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ५ हजार ७ सय ६८ कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या भने ५ लाख १० हजार २ सय ९८ रहेको छ । यस्तै यता २४ घण्टामा देशभर ३ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ५ सय ६६ एन्टिजेन परीक्षणमा ८ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९८ हजार ८१३ पुगेको छ । सक्रिय संक्रमित ८० हजार ३३६ रहेका छन् ।

यसैगरी थप ८१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ पुगेको छ । पीसीआर परीक्षण ३१ लाख ७९ हजार २ सय ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६५७० निकाे, ५१५३ संक्रमित
Next post निःशुल्क खाना अभियानले काेराेना संक्रमितलाई सहजः यूवाले गरे नमूना कार्य