नेपालमा आज ३०८२ जना निकाे, २८२८ संक्रमित

२ असार २०७८,काठमाडौं– गत २४ घण्टामा नेपालमा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । पछिल्लाे समय संक्रमणमुक्त हुने दर ८८.५ प्रतिशत पुगेको छ । यसैगरी कोभिड १९ बाट थप २ हजार ८ सय २८ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टीजेन गरी १३ हजार २२ जनाको परीक्षणमा २ हजार ८ सय २८ जना संक्रमित भएका हुन् । मन्त्रालयका अनुसार सोही अवधिमा कोरोनाबाट  ५२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४१८७ डिस्चार्ज, २७४५ संक्रमित
Next post नेपालमा १२ जिल्लामा बाढी र पहिराेकाे वितण्डा ३ दर्जन भन्दा धेरै वेपत्ता र मृत्यु