

२ असार २०७८,काठमाडौं– गत २४ घण्टामा नेपालमा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । पछिल्लाे समय संक्रमणमुक्त हुने दर ८८.५ प्रतिशत पुगेको छ । यसैगरी कोभिड १९ बाट थप २ हजार ८ सय २८ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टीजेन गरी १३ हजार २२ जनाको परीक्षणमा २ हजार ८ सय २८ जना संक्रमित भएका हुन् । मन्त्रालयका अनुसार सोही अवधिमा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ ।
