दमकमा एक युवाको डुबेर मृत्यु


१२ कार्तिक २०७७
झापाको दमक वडा नंं २ लाचेको बाँध सिमसार क्षेत्रमा आज एक युवाको डुवेर ज्यान गएको छ । मोरङ्गको मिक्लाजुङ्ग गाऊँपालिका वडा नं. ५ वेलटार निवासी २० बर्षीय मुकेश मगरको पौडी खेल्दा डुवेर ज्यान गएको हो । आफ्ना साथीहरुसँग दशैंमा आफन्तको आएको वेला पौडी खेल्न गएका उनी सिमसारको पोखरीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । उनीसँगै गएकाले साथी डुबे पछि गाऊँलेलाई खवर गरी निकाल्दा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक जाँते माविमा कक्षा १२ मा अध्ययनरत भएको आफन्तले जानकारी दिएका छन् । मृतको लाश पोष्टमार्टमका लगेर परिवारलाई बुझाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post परिक्षण गर्नेकाे संख्या घटेसँगै संक्रमित पनि घटे तर निकाे हुने भने बढ्दै
Next post आज पनि संक्रमित भन्दा निकाे हुने धेरै