

६ असार २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा देशभर १ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ६ सय ७७ पीसीआर परीक्षणमा १ हजार ४ सय २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ ।
