नेपालमा आज ४९५४ निकाे, ४५२२ संक्रमित

६ असार २०७८, काठमाडौँ – नेपालमा २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । २४ घण्टामा देशभर ३ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको १२ हजार २०४ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ७ सय ९ एन्टिजेन परीक्षणमा ८ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नयाँ मन्त्रीलाई काम गर्न राेकः सर्वाेच्चबाट नियक्ती बदर
Next post नेपालमा आज ३५५८ निकाे, २४२२ संक्रमित