नेपालमा आज २५१८ निकाे, २४७४ संक्रमितःमृत्यु भने ह्वात्तै घट्यो

१० असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा २ हजार ५ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ ।२४ घण्टामा देशभर १ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार २ सय ३५ पीसीआर परीक्षणमा १ हजार ५७७ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ९९७ एन्टिजेन परीक्षणमा ८९७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २४ जनाको मृत्यु भएको छ । हिजाे मात्रै ८१ जनाकाे मृत्यु भएकाे थियाे । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३५५८ निकाे, २४२२ संक्रमित
Next post प्रधान मन्त्री ओलीको निर्वाचन क्षेत्रमा स्थानीय तहको बजेट कहाँ कति?