नेपालमा संक्रमित भन्दा निकाे हुने दाेब्बर

१२ असार २०७८,काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने दोब्बर बढी छन् ।

गत २४ घण्टामा ९ हजार ८ सय १० जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २ हजार १६ जना संक्रमित भएका छन् । सोही अवधिमा ४ हजार ९ सय १४ जना निको भएका छन् ।

नेपालमा संक्रमित निको हुने दर बढेर ९१.९ प्रतिशत पुगेकाे छ ।  यस्तै पछिल्लाे २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५४५५ निकाे,२४७६ संक्रमित
Next post दमककाे दुम्सेमा अन्तराष्ट्रिय रंगशाला बन्ने