१२ असार २०७८,काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने दोब्बर बढी छन् ।
गत २४ घण्टामा ९ हजार ८ सय १० जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २ हजार १६ जना संक्रमित भएका छन् । सोही अवधिमा ४ हजार ९ सय १४ जना निको भएका छन् ।
नेपालमा संक्रमित निको हुने दर बढेर ९१.९ प्रतिशत पुगेकाे छ । यस्तै पछिल्लाे २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ ।
