
१३ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ । २४ घण्टामा देशभर गत २४ घण्टामा ९८३६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा १ हजार ९ सय २० जना संक्रमित भएका हुन् । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ ।
यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।
