नेपालमा आज ४३४८ निकाे, २६३६ संक्रमित

१५ असार २०७८,काठमाडौँ –  नेपालमा पछिल्लाे २४ घण्टामा ४ हजार ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार ७२८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार ४ सय ८९ एन्टिजेन परीक्षणमा ९ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३८५३ निकाे, २४४४ संक्रमित
Next post कोरोना कहरबीच धान दिवश कार्याक्रम