३ दिन पानी पर्ने हुँदा सतर्क रहन अनुराेध

१६ असार २०७८,काठमाडौँ- आगामी तीन दिन नेपालको धेरैजसो स्थानमा धेरै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा अधिक वर्षाको सम्भावना रहेको आँकलन मौसम पूर्वानुमान महाशाखाको छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा अधिक वर्षा तथा एक वा दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना छ ।

ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा सामान्य देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३५६७ निको, २८९२ संक्रमित
Next post नेपालमा आज ४०१७ निकाे, २७६० संक्रमित