२७ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ । यस्तै २४ घण्टामा देशभर १ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५५ हजार ४ सय ४९ पुगेको छ । यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ पुगेको छ
