
२८ असार २०७८,काठमाडौं- अमेरिकाले नेपाल सरकारलाई अनुदान स्वरूप १५ लाख डोज कोभिड- १९ विरुद्धको खोप आज हस्तान्तरण गरिएकाे छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाल सरकारलाई दिइएको जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अनुदान उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । स्वास्थ्य मन्त्री श्रेष्ठले अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने बताउनुभयो । प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने प्रम अाेलीले बताउनु भयाे ।

