नेपालमा आज २३९८ संक्रमित २०९८ निकाे, १२ जनाकाे मृत्यु

२९ असार २०७८, काठमाडौं– नेपालमा पछिल्लाे केही दिन पुनः कोरोना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ३ सय ९८ जना संक्रमित भएका छन् । सोही अवधिमा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् । तर केही दिन यता कोरोनाको मृत्यु संख्यामा भने कमी आएको छ । गएको २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाले हालसम्म ९ हजार ४ सय १२ जनाको मृत्यु भएको छ । नेपालमा निको हुने दर ९४ दशमलव ६ प्रतिशत पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काँग्रेश सभापति देउवा प्रधानमन्त्रीमा नियुक्ती
Next post देउवाले लिए प्रधानमन्त्रीमा सपथ, अन्य ४ मन्त्रीले पनि लिए सपथ