उत्खनन् ले झापाको अर्जुनधाराको गाऊँमा खेती योग्य जमिन अझै बाँझैः गाऊँ मरुभूमि हुने खतरा (भिडियाे सहित)
२ साउन २०७८/डिकेश लामा
उत्खनन्ले खोला गहिरो भएपछि झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ को केही गाऊँमा रोपाई हुन सकेको छैन । नहरमा पानी नआउँदा असार महिना वित्न लाग्दा समेत सयौैं विगाह जमिन बाँझै रहने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ को मदनपुर गाऊँमा असार महिनाको अन्त्यसम्म धेरै जग्गामा रोपाई हुन सकेको छैन । आकाशे पानीको भरमा केही क्षेत्रमा धान रोपे पनि पछिल्लो समय पानी नपर्दा रोपाई सुक्न थालेको स्थानीय किसानले बताएका छन् ।
नहर ल्याइएको विरीङ्ग खोला गहिरिएर नहरमा पानी चढ्न नसक्ने अवस्थामा पुगेको छ । चरम लार्पावाही उत्खनन्का कारण नहरमा समस्या आएको अर्जुनधारा नगरपालिका वडा नं. १ का अध्यक्ष गजाधर खतिवडाले बताउनु भयो ।
साधुटार, नेते र सिस्ने गाऊँका सयौं विगाह जमिनलाई लक्षित गरी निर्माण गरेको सानेसी नहर बर्षेनी प्रयोगहीन बन्दै गएको छ । उत्खनन् बन्द नगर्ने हो भने सो नहर क्षेत्रका सिंचित खेती योग्य जमिन मरुभूमी हुने अवस्थामा पुगेको सानेसी जल उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर बस्नेतले बताउनु भयो ।
बर्षेनी उत्खनन्का कारण मुहान भन्दा खोला धेरै गहिरिसके पछि अहिले यस क्षेत्रमा पानी चढ्न समस्या हुँदै आएका छ । पानी चढाउन समस्या भएपछि यस बर्षको कतिपय खेती नै बाँझो रहन सक्ने स्थानीयले बताएका छन् ।
भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।