नेपाल आज ४१०७ संक्रमित थपिएः ३५ जनाकाे मृत्यु

२० श्रावण २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार १ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९४४ परीक्षणबाट १ हजार १ सय ३२ जनामा पोजिटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ५ हजार ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६१ हजार ६५१ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।
हालसम्म देशभर ३६ लाख ४४ हजार ४ सय ७२ नमुनाको पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा रहनेको संख्या ३३ हजार ४ सय ६४ रहेको छ भने क्वारेन्टाइनमा ३७८ जना रहेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उपहार स्वरुप स्वास्थ्य सामाग्रीः दमकमा क्षमता भन्दा धेरै कोभिड विरामी अस्पतालमा भर्ना
Next post खोलाको भरमा खानेपानीः खोला दोहनले खानेपानी प्रभावित(भिडियो रिर्पोट सहित)