जडिबुटी र फलफुलमा जोडः झापामा यो बर्ष एक लाख बढी विरुवा उत्पादन (भिडियो कथा सहित)

कोरोनाको औषधीको रुपमा गुर्जो समेत उत्पादन

२२ श्रावण २०७८/डिकेश लामा

झापा जिल्लामा पछिल्लो समय फलफुल तथा जडिबुटीको विरुवा रोपणलाई जोड दिन थालिएको छ । डिभिजन बन कार्यालय झापा मार्फत जिल्लाका विभिन्न सामुदायिक बन र किसानलाई विरुवा वितरणसँगै रोपाई पनि थालिएको हो । यस बर्ष झापामा १ लाख हाराहारी संख्यामा जडिबूटी र फलफुलका विरुवा उत्पादन गरी वितरण थालिएको छ ।
सामुदायिक बन भित्र पनि फलफुलका विरुवा रोप्ने एग्रोफरेष्ट्रीको अवधारणा अनुसार झापामा फलफुलका विरुवा उत्पादन गरिएको छ । यस बर्ष मात्र फलफुल तथा जडिबुटी गरी एक लाख भन्दा धेरै उत्पादन गरिएको विरुवा धमाधम वितरण थालिएको डिभिजन स्तरीय नर्सरी झापाका कर्मचारी राजु ठटालले बताउनु भयो ।

यस्तै यता कन्काई सवडिभिजन बन कार्यालय सुरुङ्गमा समेत जडिबुटी र फलफुका विरुवा उत्पादन गरी वितरण थालिएको छ । कोरोना भाइरसका कारण पछिल्लो समय मानिसले जडिबुटीको विरुवा समेत माग गर्न थालेकाले त्यस्ता विरुवा बढी उत्पादन गरिएको कार्यालयका रेन्जर राजेश घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार यो बर्ष कोरोनका लागि उपयोगी मानिएको गुर्जो समेत अध्याधिक माग रहेको बताउनु भयो ।

प्रदेश नम्बर एक सरकारले हरित प्रदेश अभियान थालेको छ । जसका कारण डिभिजन बन कार्यालय मार्फत नर्सरी तयार गरी विरुवा वितरण गरिएको हो । स्थानीय तहले समेत फलफुलको विरुवा खरिद गरी किसानलाई निशुल्क उपलव्ध गराउँदै आएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
झापा जिल्लामा ५९ सामुदायिक बन रहेका छन् । केहीले एग्रोफरेष्ट्री अर्थात आम्दानमुखी बोट विरुवा लगाउने कार्यलाई जोड दिन थालेका छन् । जसले गर्दा पर्यावरणको संरक्षणसँगै रोजगारी समेत सृजना हुने सामुदायिक बनका अगुवाहरुको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा घटेन संक्रमणः आज ३७२९ संक्रमित
Next post नेपालमा आज ३२१८ संक्रमित,१७२२ निकाेः१९ जनाकाे मृत्यु