२४ श्रावण २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोनाबाट २५४८ जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार ३ सय ७८ जनाको नमूना परीक्षण गर्दा २ हजार ५ सय ४८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १००९३ रहेको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *