
२६ श्रावण २०७८, गुल्मी– गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृत्यु भएको छ । छत्रकोट गाउपालिका वडानम्बर -१ हुंगा तोल्घा निबासी ५१ वर्षिया राधिका भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। खरबारीमा घांस काट्ने क्रममा अरिङ्गालले टोक्दा गम्भीर घाईते हुनुभएको थियो । राधिकाको उपचारको क्रममा युनाइटेड मिसन हस्पीटल तानसेन पाल्पामा मृत्यु भएको गुल्मी प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
