२७ श्रावण २०७८, काठमाडौं– नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा १० हजार ९०७ पीसीआर परीक्षणमा देशभर २ हजार ६ सय १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । यस्तै एन्टिजेन विधिबाट ५ हजार ७ सय ४९ परीक्षणमा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै गरी १६ हजार ६ सय ५६ जनाको नमूना परीक्षण गर्दा ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ८ सय ५० जना कोरोनामुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
