२ भदाै २०५८, काठमाडौं– नेपालमा कोभिड १९ बाट गत २४ घण्टामा ३ हजार ४ सय ३ जना नयाँ संक्रमित फेला परेका छन् । देशभर १६ हजार ८ सय ३८ जनाको नमूना परीक्षण गर्दा ३ हजार ४ सय ३ जना संक्रमित पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । २४ घण्टामा २ हजार १ सय ४ जना संक्रमणमुक्त भएका छन् ।
यसैगरी यता प्रदेश नम्बर एकमा भने निकाे हुने भन्दा संक्रमण हुने संख्या दाेब्बर रहेकाे छ । ४ सय ९ जना निकाे भएकाे प्रदेश एकमा ८ सय ४१ जना संक्रमित थपिएका छन् । प्रदेश एकमा मात्र अाज ११ जनाकाे मृत्यु भएकाे छ । देशभर जम्मा ४२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याे मृत्यु संख्या केही दिन यता बढेकाे हाे ।
