नेपालमा आज १८५७ संक्रमित, २२२२ निकाेः २७ जनाकाे मृत्यु

१२ भदाै २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९ पीसीआर परीक्षणमा १ हजार ५ सय १६ र एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७ सय ६७ परीक्षणबाट ३ सय ४१ जनामा पोजिटिभ देखिएको हाे ।   ।  योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५८ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १० हजार ४ सय ५२ पुगेकाे छ । नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६ सय ९० पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ८ सय ६६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूनर्वास भएका भूटानी यूवाहरूबाट शिविरका जेष्ठ र अशक्तलाई भता वितरण
Next post लायन्स क्लव अफ झापा दमक गठनसँगै चार्टर भएकाे घाेषणा