नेपालमा आज १३३८ संक्रमित, २२६० निकाेः २४ जनाकाे मृत्यु

१३ भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणमा  थप १ हजार २१४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ३८ परीक्षणबाट १ सय ७४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार २ सय ९७ परीक्षणमा १ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५९ हजार २२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १२ हजार ७ सय १२ छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७ सय १४ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पुष्पलाल मित्रता केन्द्र र अखिल फाेर्स गठन
Next post वेमौषमी रायोबाट झापामा राम्रो आम्दानी, एक कठ्ठामा झण्डै एक लाखको कमाइ (भिडियो सहित)