कसरी हुन्छ दिउँसै कन्काइकाे बाढीबाट काठ तस्करी? (लाइभ भिडियाे सहित)

अझै रोकिएन नदिबाट हुने काठ तस्करी

१७ भदौ २०७८ सारा सन्देश समाचार

झापाको कन्काई नदिमा बाढी आएको मौका छोपी नदिबाट काठ चोरी तस्करी गर्ने कार्य रोकिन सकेको छैन । यस अघि ठूलो परिमाणमा काठ पक्राउ गरेको भए पनि बाढीको मौका छोपी गरिने तस्करी अझै नरोकिएको नदि किनाराका बासिन्दाले बताएका छन् । नदिमा जब बाढी ठूलो आउँछ अनि काठ तस्कर गर्नेहरुले मौका छोप्ने गर्छन् । बाढीको समय प्रहरी प्रशासन समेत आइनपुग्ने भएका कारण ठूलो बाढी आउँदा लकडी तथा चिरानी काठको तस्कर हुने गरेको छ । तथापि सूचना आएसम्म आफूहरुले नदिबाट हुने अवैध कार्य रोक्न हदैसम्म खट्ने गरेको कन्काई सव डिभिजन कार्यालय झापाका प्रमुख सहायक बन अधिकृत दिनेश प्रसाद यादवले बताउनु भयो ।


एक महिना अघि मात्रै शसस्त्र प्रहरी सहित बन सुरक्षाकर्मीले नदिबाट बगाएर ल्याइएका बजार मुल्य अनुसार १८ लाख बढीको काठ तथा लकडी बरामद गरेको थियो । काठ बरामद गरे पनि तस्करीहरु पक्राउ नहुँदा बारम्बार नदिबाट लकडी ओसार्ने कार्य पूर्णरुपमा नरोकिएको रेन्जर राजेश घिमिरेले बताउनु भयो ।
ठूलो बाढीमा विना उपकरण गएर पक्राउ गर्न बन रक्षकलाई समेत समस्या हुने गरेको छ । तर थाहा पाउँदा रातको समय पनि नभनी आफूहरुले काठ तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने प्रयास गरेको रेन्जर घिमिरेले बताउनु भयो । नदिबाट ठूल्ठूला लकडी तथा महँगा प्रजातिका चिरानी काठ समेत तस्करी हुने गरेको छ । बन रक्षकसँग आवश्यक साधान र उपकरण नहुँदा नदिमा हुने तस्करी रोक्न समस्या हुने गरेको उनीहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २००४ संक्रमित, १८४६ निकाेः १६ जनाकाे मृत्यु
Next post नेपालमा आज १७५६ संक्रमित, २२७४ निकाेः २३ जनाकाे मृत्यु