नेपाल आज १२६८ संक्रमित, २११५ निकाेः ९ जनाकाे मृत्यु

१९ भदाै २०७८, काठमाडौँ –  पछिल्लाे २४ घण्टामा कोरोना भाइरसबाट १ हजार २ सय ६८ संक्रमित भएका छन्  ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत २४ घण्टामा ९ हजार ८ सय ७५ मा गरिएकाे परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६८ हजार २ सय ९५ पुगेको छ ।

यसैगरी पछिल्लाे २४ घण्टामा  २ हजार १ सय १५ जनाले काेराेना माथि विजय प्राप्त गरेका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख २५ हजार ६ सय ५१ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय १८ पुगेको छ । हालसम्म देशभर ३९ लाख ५२ हजार ९ सय ४२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २७४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८२६ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १७५६ संक्रमित, २२७४ निकाेः २३ जनाकाे मृत्यु
Next post प्रदेश नम्बर एकमा पहिलाे पटक मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माण शुरु