संखुवासभाकाे ६ जनाकाे सामुहिक हत्याः शंकाजनक तथ्य फेला

२२ भदौ २०७८, सारासन्देश समाचार– संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको छानविनका लागि केन्द्रिय प्रहरी कार्यलयबाटै टाेली खटाइएकाे छ । साेमबार विहान झिसमिसेमा भएकाे हुन सक्ने घटनाबारे केही शंकाजनक तथ्य समेत फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । घटनाकाे बारेमा धेरै सूचना संकलन भएकाे र त्यसकाे अाधारमा विश्लेषण र खाेजी गर्ने कार्य भइरहेकाे घटना स्थलमा खटेका प्रहरीले जानकारी दिएका छन् । छरपष्ट भएकाे शव संकलन गरी मंगलबार पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । धरानका चिकित्सकहरुले प्रारम्भिक जाँचबुझ गरेर टाउकोमा देखिएको गम्भीर चोटका कारण ६ जनाको मृत्यु भएको देखिएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पछाडिबाट लौरो वा मुंग्रो जस्तो कुराले गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या गरेको हुनसक्ने देखिएको छ । तर हालसम्म हत्यामा प्रयोग भएको हतियार भने फेला परेकाे छैन ।  प्रहरीले धरानका एक जना फरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई पनि घटनास्थलमा लगेको थियो । उनले सोमबार बिहान झिसमिसेमै घटना भएको हुनसक्ने आशंका गरेका छन् । सोमबार बिहान मादी नगरपालिका–१, उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन् ।
प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । ३ जनाकाे लाख खरबारीमा रहेकाे थियाे भने घरमुली ५८ बर्षीय कार्कीकाे लाश बारी देखि केही तल काँलामुनी बाटाेमा घाेप्टाे परेकाे र प्लाष्टिककाे बुट लगाएकै अवस्थामा रहेकाे प्रहरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १६७७ संक्रमित, २०७२ निकाेः २१ काे मृत्यु
Next post नेपालमा आज १६४० संक्रमित, २१६१ निकाेः १० जनाकाे मृत्यु