चाँडाे खाेप ल्याउन सरकारले गर्याे समिति गठन
अव काेराेनाकाे निःशुल्क उपचार हुने
२५ कार्तिक २०७७, काठमाण्डाैं – विश्वमा विभिन्न कम्पनी र देशले काेराेनाकाे खाेप परिक्षणकाे अन्तिम तयारीमा पुगेकाे अवस्थामा नेपाल सरकारले भ्याक्सिन आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको छ।
अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन भएको हो। यो समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्नेछ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त समिति गठन गरेको हाे ।
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री सहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ। यस्तै सरकारले कोरोना परीक्षण र उपचार पनि नि:शुल्क गर्ने भएको छ। सर्वाेच्च अदालतले दिएकाे अादेशका अाधारमा सरकारले काेराेनाकाे जाँच र परिक्षण निःशुल्क गर्ने भएकाे मन्त्री परिषदकाे बैठकले निर्णय गरेकाे छ ।