संखुवासभा मादी हत्यामा संलग्न भएकाे आशंकामा एक जना पक्राउ

पक्राउ पर्ने कार्की परिवारकै आफन्त

२६ भदौ २०७८,संखुवासभा– संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै कार्की परिवारकै नजिककाे एक ब्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनु भयाे । घटनाको बारेमा थप जानकारी भाेली आइतबार पत्रकार सम्मेलनबाट गराउने डिएसपी सुवेदीले बताउनु भयाे । गत सोमबार मादी –१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

अपराधी भाग्न नपाअाेस्र भन्ने हेतुले अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया समेत अगाडि बढाइएको छ । गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया सुरु गरेको हो ।

सो हत्याको अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले अनुसन्धान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन (पूर्ण पाठसहित)
Next post मानसिक रूपमा अस्वस्थ्य भतिजाे पर्नेले ६ जनाकाे सामुहिक हत्या गरेकाे खुलासा