कोरोना न्यूनिकरणका लागि प्रदेश स्तरीय अन्तकृयाः तेस्राे लहर प्रति वेलैमा सचेत रहन डाक्टरकाे सुझाव

कसरी भयाे काेराेनाकाे दाेस्राे लहरकाे लडाइ


३० भदौ २०७८/डिकेश लामा
झापा जिल्लामा कोरोना भाइरस न्यूनिकरणमा भएका र आगामी दिन हुन सक्ने जोखिमका विषयमा आज अन्तकृया कार्याक्रम गरिएको छ । क्यारिटस नेपालको आयोजनामा भएको कार्याक्रममा कोरोनाको दोस्रो लहर रोकथाममा जिल्लाका केही नगर तथा गाउँपालिकाले गरेका प्रयासको विषयमा अन्तकृया गरिएको छ ।
झापाको दमक, कमल, कन्काई, भद्रपुरका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा कोभिडमा काम गर्दै आउनु भएका डाक्टर सहित छलफल तथा अन्तकृया गरिएको क्यारिटस नेपाल दमकका कार्याक्रम प्रमुख देवेन्द्र पोखरेलले बताउनु भयो ।
कोरोना न्यूनिकरणका लागि कोशी अञ्चल कोभिड अस्पतालबाट डा. मिलन बस्नेत, डा. नरेशकुमार यादवले कोरोना न्यूनिकरणमा सही तरिकाको परामर्शले विरामी निको पार्न धेरै टेवा पुगेको बताएका छन् । परामर्श र सहयोगी कक्ष संचालनमा क्यारिटस नेपालले कोभिड अस्पतालमा गरेको उपकरण सहयोग र जनशक्ति परिचालनले धेरै ठूलो टेवा पुगेको डा. बस्नेतले बताउनु भयो ।
यसैगरी आगामी आउन सक्ने तेस्रो लहरबाट सक्दो जोगिन अहिले देखि नै स्थानीय सरकार देखि सवै सहयागी दाताले पहल थाल्नु पर्ने डा. यादवले बताउनु भयो । यस्तै स्थानीय सरकारको तर्फबाट कमल गाऊँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेल, भद्रपुर नगरपालिकाका प्रमुख जिवनकुमार श्रेष्ठले पहिलो चरणको कोरोना भन्दा दोस्रोले धेरै प्रभाव पारेकोले तेस्रो लहर आउन सक्ने जोखिम प्रति वेलैमा सवै लाग्नु पर्नेमा जोड दिएका छन् ।


कार्याक्रममा कोशी कोभिड र मेची कोभिडका डाक्टर तथा प्रसाशनिक पदाधिकारीले आउन सक्ने तेस्रो लहरको जोखिम विरुद्ध लड्न अझै सचेत र तयारी गर्नु पर्नेमा जोड दिएका छन् । दोस्रो लहर विरुद्ध लड्न क्यारिटस नेपालले प्रदेश नम्बर एकका विभिन्न जिल्लामा एक करोड हाराहारी बजेटका कोभिडको उपचारमा सहयोग पुग्ने उपकरण सहयोग गरेको क्यारिटस नेपालले जानकारी गरेको छ । सहयोगका कार्याक्रम अझै निरन्तर चल्ने बताइएको छ ।
क्यारिटस नेपालका प्रतिनिधि गोविन्द कटेलले संचालन गर्नु भएको कार्याक्रममा क्यारिटस नेपालका फादर ललित टुडुले कोरोना भाइरस प्रतिको लडाईंमा सहकार्य गर्ने स्थानीय सरकार र जनप्रतिनिधिले क्यारिटससँग सहकार्य गरेर धेरै नागरिकको ज्यान बचाउन सहयोग गरेको बताउनु भयो । अन्तकृया तथा छलफल कार्याक्रममा दोस्रो लहरमा क्यारिटस नेपालले कोरोना पराजित गर्न गरेको भूमिकाको प्रशंसा गर्दै आगामी विपदमा समेत सहयोग गर्न स्थानीय प्रतिनिधिले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १७६० संक्रमित,१२२० डिस्चार्जः ९ जनाकाे मृत्यु
Next post स्वास्थ्य मापदण्ड र कार्य ढाँचा पालना गरेर मात्र विधालय खाेल्न पाउने