नेपालमा थप ४४ लाख भेराेसेल खाेप ल्याइयाे

१ असाेज २०७८,काठमाडौं– सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप शुक्रबार दिउँसो काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको खोप लिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जानुभएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी गरेकाे छ । अागामी चैत्र मसान्तसम्म सबै नेपालीलाइ खाेप दिइसक्ने याेजनाका साथ खाेप खरिद र ल्याउने कार्य  भइरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १५५८ संक्रमित,१३५१ निकाेः १० जनाकाे मृत्यु
Next post भूटानी शरणाार्थी शिविरमा कोभिडमा खट्ने सेवकलाई सम्मान (फाेटाे फिचर)