नेपालमा आज १०६६ संक्रमित, १२३४ निकाेः १६ जनाकाे मृत्यु

२ असाेज ०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा शनिबार नेपालमा १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० जनाको पीसीआर परीक्षण गर्दा ८३५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, २ हजार ८१८ वटा एन्टिजेन परीक्षणमा २३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा १हजार २ सय ३४ जना निको भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ११ हजार २८ पुगेको छ । हाल देशभर २५ हजार ८२ जना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूटानी शरणाार्थी शिविरमा कोभिडमा खट्ने सेवकलाई सम्मान (फाेटाे फिचर)
Next post नेपालमै पहिलो पटक व्यवसायिकरुपमा बयर खेती झापामा शुरु (भिडियो सहित)