नेपालमा आज ७३४ संक्रमित, १४१३ निकाेः १२ जनाकाे मृत्यु

३ असाेज २०७८, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन सहित १० हजार १३ जनाकाे परिक्षणमा आइतबार देशभर गरी ७ सय ३४  जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । यस्तै २४ घण्टामा १ हजार ४ सय १३ निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ४९ हजार २१३ पुगेकाे छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १२ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ । हालसम्म पीसीआर परीक्षण ४० लाख ९३ हजार १ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ र २४८ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एकै परिवारका ६ जनाकाे हत्याकाे आरोपमा थप चार जना पक्राउ
Next post डा. गोपाल गुरुङबारे पुस्तकको बिमोचन