संखुवासभा हत्या काण्डको आरोपमा पक्राउ परेका ४ जना सार्वजनिक

४ असोज २०७८, सरसंदेश समाचार- संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा थप ४ जना पक्राउलाई आज सार्बजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनास्थल मादी–१ उम्लिङ खोला गाउँबाट हत्या काण्डका मुख्य योजनाकार ४६ बर्षीय खड्गबहादुर कार्की,२८ बर्षीय हस्तबहादुर कार्की,४९ बर्षीय रणबहादुर कार्की र १७ बर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

गत भदौ २१ गते बिहान यही भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन ः घटना स्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी सहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो । लोकबहादुरको बयानका आधारमा थप चार जना पक्राउ गरेको डिएसपी सुवेदीले बताउनु भयो । पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् । पक्राउ परेका चारै जना माथि म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा बगाएर दुईको मृत्यु
Next post नेपालमा आज १०१५ संक्रमित, २९५७ निकाेः ८ जनाकाे मृत्यु