
९ अशाेज २०७८,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ५३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० हजार ५ सय ७९ जनामा कोरोना परीक्षण गर्दा ९ सय ५३ मा सङ्क्रमण देखिएको हो ।
हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ७०० छन् । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७१ ले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५९ हजार ८७५ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत पुगेकाे छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ ।
