
११ अशाेज २०७८,काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ८२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ८१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९ सय ७५ जना र ३ हजार ४ सय ७ वटा एन्टीजेन परीक्षण गर्दा ३ सय ७ जनाको कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएकाे छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २ सय ६२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.२२ प्रतिशत पुगेकाे जनाएको छ । पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १ सय ३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
