१६ असाेज २०७८,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर १३ हजार ३ सय ६८ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ९ सय ३८ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार १ सय ६१ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *