१८ अशोज २०७८/डिकेश लामा
झापाको दमकमा आज देखि प्रथम अध्यक्ष कप एक नम्बर प्रदेश पालिका स्तरीय भलिवल खेल प्रतियोगिता शुरु गरिएको छ । दमक नगरपालिका वडा नं. ३ को प्रस्तावित मदनभण्डारी रंगशालामा शुरु भएको कार्याक्रममा प्रदेश एकका ५ वटा जिल्लाका १९ वटा पालिकाले सहभागीता जनाएका छन् ।


आजको पहिलो चरणको ८ वटा खेलमा चुलाचुलीले उर्लाबारी, वेलबारीले भद्रपुर, बाह्रदशीले शिवसताक्षी, कमलले विर्तामोड, दमकले मेचीनगर, झापाले बुद्धशान्ति, लेटाङ्गले कन्काई र भोजपुर जिल्लाको आमचौकले मोरङ्गको केराबारीलाई हराउँदै क्वाटर फाइनलको खेलमा प्रवेश गरेका छन् ।
आगामी २० गते सम्म हुने प्रतियोगितामा विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद सहित ट्रफी प्रदान गरिने खेलकुद समितिले जानकारी दिएको छ । दमक नगरपालिका वडा नं. ३ खेलकुद समितिको आयोजनामा शुरु भएको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको समेत सहभागिता रहेको छ । भोलि बाँकी पहिलो चरणको २ खेल क्वाटर फाइनलको खेल सकिने खेल संयोजक राजु धिमालले जानकारी दिनु भयो । दमक वडा नं. ३ का अध्यक्ष नविन बरालकाे सभापतित्वमा भएकाे कार्याक्रममा दमक खेलकुद समितिका अध्यक्षा भिमराज चम्लागाइं, समाजिक अगुवा रूद्र कार्की लगायतले खेल क्षेत्रकाे विकासमा स्थानीय सरकारदेखि संघीय सरकारले समेत चासाे दिनु पर्नेमा जाेड दिनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *