३ बर्ष पछि साेनाम हत्या र ३३ किलाे सुन काण्डकाे फैसलाः ६ जनालाई जन्मकैद

१९ असाेज २०७८,माेरङ- ३ बर्ष अघि साेनाम शाक्यलाई ३३ किलाे सुनकाे विषयमा करेन्ट लगाइ लगाइ ज्यान लिएकाे अभियाेगमा पक्राउ परेका गाेरे भनिने चुडामणी उप्रेती सहित ६ जनालाई जन्मकैदकाे फैसला भएकाे छ । जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका ६ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको हाे ।

गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले बताउनुभयो । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको अदालतका स्रेस्तेदार राणाले जानकारी दिनुभयो ।

जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमक र झापा तथा वेलबारी र रामप्रसादबीच सेमीफाइनलमा भिडन्त हुने
Next post नेपालमा आज ९६८ संक्रमित, १११४ निकाेः ६ जनाकाे मृत्यु