नेपालमा संक्रमण दर घट्दैःआज ५९६ संक्रमित, ८७१ निकाे (तालिका सहित)

२४ असाेज २०७८,काठमाडौं- नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर कम हुँदै गएकाे छ । आज ५ सय ९६ जना संक्रमित थपिएका छन् भने ८ सय ७१ जना निकाे भएका छन् । पछिल्लाे समय ९६ दशमलव ७३ प्रतिशतले काेराेनालाइ जितेका छन् । अघिल्लाे महिनाकाे तुलनामा असाेज महिनामा ६० प्रतिशतले काेराेन संक्रमण घटेको जनाइएको छ ।  मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो । उहाँका अनुसार भदौको पहिलो साता ४० हजार ३ सय ३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९ सय ४२ पुगेको छ । उहाँले यो सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताउनुभयो ।

नेपालमा अहिलेसम्म सङ्क्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् । आज १० जना सहित सङ्क्रमणबाट ११ हजार २ सय २१ जनाको निधन भइसकेको छ । हाल देशभर ३ सय १७ जना सघन उपचार कक्ष (आइसीयू), १ सय १३ जना भेन्टिलेटर, १४ हजार १ सय ६८ जना होम आइसोलेशन, १ हजार १ सय ७२ जना संस्थागत आइसोलेशन र २ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा नेपालकै धेरै रबर खेतीः कसरी हुन्छ रबरकाे विरूवा उत्पादन? (भिडियाे सहित)
Next post भारतले सीमा नाका नखोल्दा काँकडभिट्टामा समस्या: चाडबाडले गर्दा पैदल यात्रीकाे चाप बढ्याे (भिडियाे सहित)