खुशीकाे खबर आज एकै दिन संक्रमित हुने भन्दा साढे ३ गुणा धेरैले जिते काेराेना

७ मंसीर २०७७, काठमाडौं– गत २४ घण्टामा नेपालमा एकैदिन ५ हजार ६ सय ९९ जनाले काेराेनालाइ परास्त गरेका छन् । यस्तै आज १ हजार ६ सय ६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ३२ जनाको गरिएको नमूना पीसीआर परीक्षणमा गर्दा १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुने १ हजार ३ सय २१ जना छन् ।

निकाे हुनेकाे संख्या दिनहुँ बढ्दै जान थाले पछि नेपालमा निको हुने ९०.३ प्रतिशत रहेको पुगेकाे वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे प्रतिशत केही दिन अघिसम्म ८० प्रतिशत हाराहारीमा मात्र थियाे ।

अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १९ हजार ९ सय ६३ र क्वारेन्टाइनमा ६ सय ८६ जना बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकका भण्डारीले श्रीमतिको गरे हत्या
Next post एक पटक काेराेना भएकाेलाइ ६ महिनासम्म एन्टिबडीले काेराेना हुनबाट जाेगाउने