नेपालमा आज ७०८ संक्रमित, ९३२ निकाेः ११ जनाकाे मृत्यु

५ कार्तिक २०७८,काठमाडौं– नेपालमा कोभिड १९ को संक्रमण दरमा दैनिक घटबढ भइरहेको छ । दसैंमा परीक्षण कम हुँदा न्यून रहेको संक्रमण पुनः घटबढ भइरहेकाे छ । । गत २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको परीक्षण हुँदा ७ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । हिजाे ८ हजार ५ सय ४९ जनाकाे परिक्षणमा ५ सय ४५ जना संक्रमित भएका थिए ।

यसैगरी पछिल्लाे २४ घण्टामा ९ सय ३२ जना संक्रमणमुक्त भएका छन् । यसै गरी गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय ३७ पुगेकाे छ ।

सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ४६ रहेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विपदमा सवै एक जुट हुनु पर्छः शर्मा
Next post बाढी र पहिराेमा परेर १११ ले ज्यान गुमाए, अझै ३७ जना वेपता