
८ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ७ सय ७६ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकेा जानकारी अनुसार १० हजार ८ सय ६४ जनाको नमूना परीक्षण गर्दा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लाे २४ घण्टामा ५ सय १ जना डिस्चार्ज भएका छन् । गत २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय ६१ जना पुगेकाे छ । हाल नेपालमा १० हजार ३ सय ६० सक्रीय संक्रमित रहेका छन् ।
