
९ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ६ सय ६६ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकेा जानकारी अनुसार १२ हजार २० जनाको नमूना परीक्षण गर्दा ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लाे २४ घण्टामा ६ सय २२ जना डिस्चार्ज भएका छन् । गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय ७२ जना पुगेकाे छ । हाल नेपालमा १० हजार २ सय ९६ सक्रीय संक्रमित रहेका छन् ।
यसैगरी नेपालमा अाज ७३ हजार ४ सय २७ जनाले खाेप लगाएका छन् । याेसँगै नेपालमा कुल खाेप लगाउनेकाे संख्या एक मात्रा ८६ लाख र पूर्ण मात्रा ६७ लाखले लगाइसकेका छन् ।
